g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjf nfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z'esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;

Breaking News

शेर बहादुर देउवा र रामचन्द्र पौडेलको विवाह हुन पर्छ: गगन थापा !

By peoplesdailynepal

December 27, 2018

काठमाडौं, पुष १२/ नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविच लभ नभई विवाह नै हेर्न मन भएको बताउनु भएको छ । महासमिति बैठकको समापनमा दुवै नेताले लभ परेको कुरा नेता कार्यकर्ता माझ व्यक्त गर्नुभएको थियो ।

राजधानीमा आज आयोजित कार्यक्रममा नेता थापाले नेतृत्वविच लभ नभई विवाह नै हेर्ने रहर आफुहरुको भएको बताउनु भयो । उहाले भन्नुभयो, ‘नेताहरूको लभ होइन विवाह आवश्यक छ । लभ सानो कुराले टुंगिन सक्छ तर विवाह भयो भने लभ संस्थागत हुन्छ ।’ उहाले लभ विवाहमा पुग्ने कुरामा शंका रहेको समेत बताउनु भयो । ‘हामी हेर्छौं सभापति र बरिष्ठ नेताको लभ विवाहसम्म पुग्छ की लभमा मात्र सिमित हुन्छ’, थापाको भनाई छ ।

नेता थापाले गुट बिनाको पार्टी हुनै नसक्ने समेत ठोकुवा गर्नुभयो । गुट नभएको पार्टीको कल्पना गर्नु हावादारी कुरा हुने उल्लेख गर्नुभयो । पार्टी सभापति देउवाले महासमिति बैठकको समापनका अवसरमा बोल्दै पार्टीभित्र गुट उपगुट नभएको दावी गरिरहेका सन्दर्भमा नेता थापाले यस्तो कल्पना गर्नु हावादारी भएको उल्लेख गर्नुभएको हो । उहाले पार्टीमा विधानको सर्वोच्चता रहने भन्दै पार्टी अब व्यक्तिको रहरमा हैन विधानको आधारमा चल्ने समेत स्पष्ट पार्नुभयो ।