Breaking News

घाम ताप्ने क्रममा छतबाट खसेर एकको मृत्यु

By peoplesdailynepal

December 27, 2018

विराटनगर,पुस १२- घरको छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । छतमा बसेर घाम ताप्ने क्रममा लडेर शंकरपुर निवासी २२ वर्षीया उषा गौतमको ज्यान गएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको हो । मृतक गौतम विराटनगरस्थित मेरील्याण्ड कलेजमा बिबिए अध्यनरत थिईन । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।