Breaking News

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Peoplesdailynepal

January 09, 2019

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकार अन्तर्गका सरकारी, सार्वजनिक कार्यालय, शैक्षिक संघसंस्था लगायतलाई बिदा आह्वान गरिएको छ ।