Breaking News

डेड वर्षअघि जग्गाकाे कित्ताकाटमा लगाइएकाे राेक फुकुवा, स्थानीय तहको सिफासि अनिवार्य

By peoplesdailynepal

January 11, 2019

काठमाडौँ । सरकारले डेड वर्षअघि लगाएको जग्गा कित्ताकाट राेक्का फुकुवा गरेको छ । भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने जानकारी दिइन् ।

जग्गाकाे कित्ताकाट रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण खुला गर्नुपरेको मन्त्री अर्यालले बताइन् । गत २०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।