Breaking News

अब माननीय दिपक मनाङे, सपथ खुलाए सभामुखले

By peoplesdailynepal

January 28, 2019

पोखरा – मनाङ ख बाट स्वतन्त्र निर्वाचित राजिव गुरुङ उर्फ दिपक मनाङेले आज सपथ खाएका छ्न्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार उनलाई प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन।  यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुनः कानुनी राय र परामर्श लिई सपथ खुवाएका हुन् ।

मनाङेको सपथसँगै गण्डकी प्रदेशमा एकजना प्रदेशसभा थप भएका छन् । गतसाल मंसिर १० गतेको पहिलो चरणको प्रदेश तथा प्रतिनिधीसभाको चुनावमा उनी निर्वाचित भएका हुन् । राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका थिएनन् ।

शपथ लिनुअघि नै उनी कारागार चलान भए । नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका हुन् ।