Breaking News

बंगलादेशको ढाकामा भिषण आगलागी, ७० जनाको मृत्यु, ४० वढी घाइते

By peoplesdailynepal

February 21, 2019

एजेन्सी- बंगलादेशको राजधानी ढाकामा भएको भीषण आगलागी परि कम्तीमा पनि ७० जनाको ज्यान गएको छ । आगलागीमा परि ४० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन्। बुधबार रातिबाट सुरु भएको आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको त्यहाँको डेली स्टारले जनाएको छ।राजधानी ढाकाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको थियो ।

ढाकाको पुरानो शहरमा रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो त्यहाँका अरु भवनमा पनि फैलिएको हो । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताए। आगो लाग्नुको कारण भने खुलेको छैन। आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको छ।