Breaking News

पोखरामा भोलि देखि प्याराग्लाईडिङ बन्द हुने !

By peoplesdailynepal

March 05, 2019

भोली देखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ । पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धीत कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको हो ।

पोखरामा पाँच दर्जन बढी कम्पनी छन्, जम्मा एउटाले मात्र कर तिर्दै आएका छन् । अब कर तिर्ने ‘माउण्टेन भ्यू प्याराग्लाइडिङ ले मात्र उडान भर्न पाउनेछ ।नागरिक उड्ययन प्राधिकरण पोखरामा ६० बढी कम्पनीहरुले अनुमति लिएकोमा नियमित रुपमा पोखराको आकाशमा ४० जति कम्पनीले उडान भरिरहेका छन् । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि बुधबारदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको हो । पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको हो।

प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्ने हुन्छ । सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाए पनि हुने उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँच सय रुपैयाँ मात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४÷०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो ।