Breaking News

ताप्लेजुंग हेलिकप्टर दुर्घटनामा हराएको मन्त्रि अधिकारीका अंगरक्षकको पेस्तोल भेटियो !

By peoplesdailynepal

March 06, 2019

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ । हराएकै दिनदेखि नेपाली सेनाको टोलीले घटनास्थलमै बसेर खोजी तीव्र बनाएको थियो । नाइन एम.ए. को पेस्तोल काम नलाग्ने अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ । केही भाग चोइटिएको छ ।

तीन वटा गोली काम नलाग्ने अवस्थामा फेला परेको र २ वटा राम्रैजस्तो देखिएको सैनिक स्रोतले जनाएको छ । घटनास्थलमा एक थान मोबाइल पनि फेला परेको तर कस्को भन्ने नखुलेको सुरक्षा अधिकारीले बताए ।