Breaking News

विधार्थी लुट्ने पोखरा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ, थप आठ पक्रिन बाकीं

By peoplesdailynepal

March 06, 2019

मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीले उजुरी गरेपछि गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको गण्डकी मेडिकल कलेजका संचालक र कर्मचारी विरुद्द विधार्थीहरुले उजुरी दिएपछी कलेजका कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई  प्रहरीले पक्राउ गरेको छ ।

विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतले १० जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको हो । कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरिएको हो ।