कास्की

रविन्द्र र भरतमोहनको सम्झनामा अनेरास्ववियू कास्कीको श्रद्धाञ्जली सभा

By peoplesdailynepal

March 11, 2019

अनेरास्ववियू कास्कीले दिवंगत अनेरास्वबियू पूर्व केन्द्रिय अध्यक्ष तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पृथ्वीनारायण क्याम्पस स्थित भानु पार्कमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले रवीन्द्र अधिकारीले सुरुवात गरेका कामलाई सम्पन्न गर्दै समृद्ध नेपालको अभियानमा अघि बढ्नु पर्ने धारणा राखे । उनले भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीको रुपमा गरेका कामको स्मरण गर्दै कम्युनिष्ट पार्टी प्रति जनताको विश्वास र भरोसा बढाउने लोकप्रिय योजनाकारको रुपमा सम्भीए ।

नेकपा केन्द्रिय सदस्य राजकाजी गुरूङले कस्केली जनताले रवीन्द्र अधिकारीको अभावको महशुस सदैव गर्ने बताए । गुरूङले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीका कामले गर्दा भौतीक शरिर नभएता पनि जनताको सम्झना सदैव जीवत रहने बताए । पुर्व स्ववियु सभापति तथा प्रदेश सभा सदस्य राजीव पहारीले व्यक्ति कुन पदमा रह्यो भन्ने भन्दा पनि कस्तो काम गर्यो भन्ने कुरा महत्वपूर्ण रहने धारणा राखे । ‘व्यक्ति कुन पदमा रह्यो भन्नेले अर्थ राख्दैन कर्म कस्तो गर्यो त्यसले अर्थ राख्छ रवीन्द्र र भरतमोहनलाई नेपाली जनतालले सदैव सम्झीरहनेछन्’,उनले भने ।

कार्यक्रममा पृथ्वी नारायण क्याम्पस स्वतन्त्र विधार्थी युनियन पूर्व सचिव तथा नेकपा कास्कीका सदस्य दिलिप न्यौपाने , अनेरास्ववियूका नेताहरु आर्शिवाद सुवेदी , क्षितीज सापकोटा , अमरदिप पराजुली लगाएतको उपस्थिती रहेको थियो । विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णराज दाहालले गरेका थिए ।