Breaking News

प्रश्न यस्तो मिस नेपालमा किन ‘मेकअप’ नगरी आएकी ?’

By peoplesdailynepal

April 05, 2019

सुन्दरी प्रतियोगिताको सम्बन्ध ग्ल्यामरसँग जोडिन्छ । यो प्रतियोगिता ग्ल्यामरस, ब्युटी हुँदै ‘ब्युटि विद द ब्रेन’ सँग पनि जोडिन थालेको छ ।शारिरिक सुन्दरतालाई मात्रै प्राथमिकता दिएको भन्दै मिस नेपाल प्रतियोगिताको विरोध हुन थालेपछि यसका आयोजकले ‘मिस नेपाल प्रतियोगिता शारिरिक सुन्दरता मात्रै नभएर बौद्धिक सुन्दरता पनि हो’ भन्दै प्रतिवाद गर्दै आएको छ ।

तर, शुक्रबार सार्वजनिक भएको एउटा भिडियो सामाग्रीले आयोजकको भनाईलाई नै प्रभावित तुल्याई दिएको छ । ‘मिस नेपाल २०१९’ को अडिसनका क्रममा आयोजकले प्रतियोगिलाई सोधेको प्रश्न यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियो भाइरल भएसँगै मिस नेपाल प्रतियोगीताको निर्णायक मण्डलमा रहेकी रचना गुरुङलाई ‘गालीको ओइरो’ नै लागेको छ ।

ललितपुरकी २२ वर्षिय प्रतियोगी अस्मिता मर्हजन अडिसनका लागि पुगेकी थिइन् । कम्प्युटर इन्जिनियरिङको बिध्यार्थी उनलाई निर्णायक मण्डलकी रचना गुरुङले सोध्छिन्, ‘तिमीले किन मेकअप नगरी आयौ ?’ उत्तर दिदै अस्मिता भन्छिन् ‘साँच्चै भन्नु पर्दा मलाई मेकअप गर्न आउँदैन् ।’

गुरुङले थप्दै अर्को प्रश्न गर्छिन्, ‘एकाईसौं शताब्दीमा आएर पनि मेकअप गर्न नआउने ?’ भन्दै अर्को प्रश्न तेर्साएका छन् । त्यसै सिलसिलामा रचनाले फेरि चस्माको बारेमा प्रश्न गरेकी छन् । जवाफमा अस्मिता भन्छिन् ‘म स्कुटीमा आउनु पर्छ र धेरै प्रदूषण हुने गर्दा आज लेन्सको सट्टा चस्मा नै लगाए । म कहिले काहीँ मात्र लेन्सको प्रयोग गर्छु ।’

यी संवादहरु हेर्दा सुन्दरी प्रतियोगीताहरुमा सुन्दरीहरुको ट्यालेन्ट र प्राकृतिक सुन्दरता भन्दा पनि मेकअपलाई बढी प्राथमिकता दिईएको छ । उक्त भिडियोमा मेकअपलाई लिएर रचनाले गरेको मूल्याङकनको आलोचना भईरहेको छ । कतिपयले भने मेकअप गरेकी रचना भन्दा मेक अप नगरेकी अस्मिता राम्री देखिएको बताएका छन् ।

भिडियो कुराकानीको भिडियो हेर्न यहा क्लिक गर्नुहोस