Breaking News

नेपाल आइडल विजेता रबि ओडको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

By peoplesdailynepal

April 05, 2019

नेपाल आइडल सिजन २ का विजेता रबि ओडको पहिलो गीत ‘तान्यो मलाई तान्यो’ सार्वजनिक भएको छ । पुष ६ गते नेपाल आइडल सिजन २ को उपाधी जितेका रबिले पहिलो म्युजिक भिडियो ल्याएका हुन् ।

‘तान्यो मलाई तान्यो, तिम्रो त्यो मिठो बोलिले, हान्यो मलाई हान्यो मुटुमै हान्यो तिम्रो नजरको बोलिले’ बोलको गीतमा रबि ओडसँगै एलिसा राईको मुख्य अभिनय रहेको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ ।

सुदूरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रबि फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै नेपाल आइडल बनेका थिए । धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रवि सबैको मन जित्दै विजेता बनेका थिए ।