Breaking News

पोखरा लेकसाईडमा खुल्यो होटल मोर्डन देवदर्शन, विधार्थी नेताहरु साहु, विधार्थीलाई थप छुटको व्यवस्था !

By peoplesdailynepal

May 06, 2019

पोखरा / पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्धारित समय अगावै बन्ने लगभग पक्का भएको छ त्यसैमा पनि केन्द्र देखि स्थानीय सरकारले पर्यटक संख्या बढाउने उद्देश्यले बिभिन्न कार्यक्रम हरु ल्याईरहेका छन् । सबै सरकारले लिएको लक्ष्य अनुसार पर्यटक भित्रिए भने सबै मौसममा पोखराले पर्यटक नधान्न सक्ने पनि जानकारहरु बताउँछन् । यसै बीचमा विधार्थी राजनीतिमा होमिएका युवा विधार्थी नेताहरुले पोखरा महानगरपालिका वडा नं ६, खहरेचोक लेकसाईडमा अर्को होटल संचालनमा ल्याएका छन् ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य नरेश रोकाया, त्रिचन्द्र कलेजका अनेरास्ववियुका उपाध्यक्ष सुनिल कँडेल र सुनिल श्रेष्ठले होटल मोर्डन देवदर्शन ईन प्रा.लि संचालनमा ल्याएका हुन् । सोमबार होटल परिसरमा आयोजित होटल उद्घाटन समहारोहमा होटल उद्घाटन गर्दै त्यसै क्षेत्रका प्रदेश सभा सदस्य राजीव पहारीले राजनीतिलाई मर्यादित र व्यस्थित बनाउन उत्पादन संग जोडिनुको विकल्प नरहेको बताउंदै संचालक विधार्थी नेताहरुलाई पर्यटन विकास र समृद् नेपालको अभियानमा सहयोग पुग्ने कदम चालेको भन्दै बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

राजनीति पेशा नभएर समाजसेवा रहेकाले ब्यक्तिगत जिबनलाई समयानुकूल अघि बढाउन उत्पादन संग जोडिनको लागि सामाजिक काममा खटिरहदा प्राप्त हुने फुर्सद को समयलाई ब्यबसायमा दिनेगरी तिनभाईले होटल संचालनमा ल्याएको संचालक नरेश रोकायाले बताए । सुविधा सम्पन्न १५ कोठा मध्य ३ वटा अपार्टमेन्ट, ६ वटा ए.सी कोठा सहितको उक्त होटलबाट शान्त वातावरणमा फेवा तालको रमणीय दृश्य हेर्न मिल्ने गरि सम्पूर्ण कोठाहरुमा प्राईभेट बाल्कोनी, एटेज्ड वाथरुम र ३२ इन्चको टिभी जडान गरिएको संचालक सुनिल कँडेल बताउछन् । होटलमा पर्याप्त पार्किंग, रेस्टुरेन्ट र बारको सुविधा सहित पारिवारिक वातावरण भएको कारण संचालनमा सहज हुने विश्वास लिएको अर्का संचालक सुनिल श्रेष्ठले बताए ।

करिब ४० जना अट्ने मिनी सेमिनार हल सहितको उक्त होटलको लगानी १ करोड रहेको संचालक सुनिल कँडेलले बताए । यसैबीच होटलले घुम्न आउने विधार्थीहरुका लागि विधार्थी परिचयपत्रका आधारमा  लजिंग सेवामा १० प्रतिशत छुटको योजना समेत ल्याएको छ । यो सेवा सधै लागू हुने बताईएको छ । जसले गर्दा विधार्थीहरुका लागि केही हदसम्म सुविधा पुग्ने सञ्चालकहरुको विश्वास छ ।