Breaking News

सिमा नाका नखुले पनि सरकारले यसरि गर्यो अलपत्र नागरिकको व्यवस्थापन

By peoplesdailynepal

March 31, 2020

लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले जो जहाँ छन् त्यही ठाउँमा सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको छ ।

दार्चुलाको सीमा क्षेत्र धार्चुला र कैलालीको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय पक्षले खाने बस्ने व्यवस्था मिलाउन थालिसकेको र अन्यत्र पनि पछिल्लो सहमतिअनुसार हुने भट्टराईले बताए । नेपालभित्र रोकिएका भारतीय नागरिकको व्यवस्थापन नेपालले जिम्मा लिएको उनले जानकारी दिए ।