Breaking News

लकडाउन एकसाता थप्‍ने सरकारको तयारी, आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

By peoplesdailynepal

April 14, 2020

काठमाडौं। सरकारले कोभिड- १९ फैलिन नदिन लागू गरेको देशव्यापी लकडाउन अझै केहीदिन थप्ने तयारी गरेको छ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो पटकका लागि ३ बैशाखसम्म लकडाउन लागू गरेको थियो।

लकडाउनलाई निरन्तरता दिने वा नदिने र सरकारले कोभिड- १९ विरुद्ध अझै गर्नुपर्ने तयारी लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउनु भएको छ ।