Breaking News

पोखरामा भेटियो गाडेको शव

By peoplesdailynepal

May 19, 2020

पोखरा–२७ अघौंमा एक युवकको शव फेला परेको छ । पोखरा सुन्दरीबजारमा बसोबास गर्दै आएका २४ वर्षिय सुजन विकको शव फेला परेको हो ।

विगत ४ दिन देखी हराएका विकको शव सिर्जना बहिरा स्कुल नजिकै खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरीएको एवं दुर्गन्धीत अवस्थामा भेटिएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा मृतक विकको टाउकोमा ढुंगाले हिर्काएको जस्तो देखीने गम्भीर चोट समेत फेला परेको थियो ।

शवलाई पोष्र्टमाटमको लागी पठाउने तयारी गरिएको छ भने घटनास्थललाई जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय डाँडाको नाकले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मजदुरीको काम गर्दै आएका विक वेपत्ता भएपछि परिवारले ईलाका प्रहरी कार्यालयमा खोजी गरीदिनको लागी निवेदन समेत दिएका थिए ।लेखनाथखबर डट कम बाट