Slider News

फ्रन्टलाइनमा काम गर्ने सम्पुर्णको पिसिआर टेष्ट गर्न साम्सद थापाको माग

By Peoplesdailynepal

May 27, 2020

गण्डकी प्रदेशमा शुरु भएको बजेट अधिवेशनमा कास्की २(१) बाट निर्वाचित साम्सद कृष्ण बहादुर थापाले कोरोनाबाट मृत्यु भएका सम्पुर्णलाइ समवेदना दिदै गण्डकी प्रदेश भित्र कोरोनाको महामारीको समयमा फ्रन्ट लाइनमा काम गरेका सम्पूर्णको पी.सी.आर टेस्ट अनिवार्य गर्नुपर्ने माग प्रदेश सरकारसंग राखेका छन् |

साम्सद थापाले पहिलो चरणमा स्वास्थ्य क्षेत्रको दायरा बढाएर व्यापक सुधार गर्दै सरकारी लगानी बढाउनु पर्ने साथै महामारीको संकटमा पानि अग्रपंक्तीका खटीएका सम्पूर्ण स्वाथ्य क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार,राष्ट्रसेवक कर्मचारीहरु र विकासको काममा लागेका ज्याला मजदूरी गर्ने सम्पूर्णको पी.सी.आर टेस्ट अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् | थापाले प्रदेश सरकारले गण्डकी प्रदेश भित्रका होटल व्यवसायहरुसंग सहकार्य गरेर होटलहरुलाई क्वारेनटाइनमा परिणत गर्नुपर्ने बताएका छन् |

थापाले प्रत्यक्षरुपमा काम गरिरहेका सम्पूर्ण खटिरहेकाहरुलाइ हाइ मोरलका साथ् काम गर्ने बातावरण सरकारले सिर्जना गर्नुपर्ने थापाले बताए साथै डब्लु.एच.ओ ले बनाएको मापदण्ड अनुसारको क्वारेनटाइन, आइसोलेसन वार्ड निर्माण गरेर सरकारले राम्रो सेवासुविधा दिनुपर्ने माग प्रदेश सरकारसंग राखेका छन् |

https://m.facebook.com/story.php?story_fbid=1593932214095518&id=100004362636012