Breaking News

यस वर्षको एस.ई.ई परिक्षा नहुने, भोलि बाट पसल खुल्ने र निजि सवारी पनि चल्न दिने सरकारको निर्णय

By peoplesdailynepal

June 10, 2020

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो।

सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यसैगरी सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने र  निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।  जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।  र यो निर्णय भोलि बाटै लागु हुने पनि निर्णय भएको छ ।