कास्की

सवारी पास अनिश्चितकालका लागि बन्द

By peoplesdailynepal

August 13, 2020

पोखरा

मुलुकभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएका सवारी पास सम्बन्धी सेवा सरकारले बन्द गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गर्न मातहतका जिल्ला प्रशासनलाई गृहले निर्देशन दिइसकेको छ ।

सोहीअनुसार बिहीबारदेखि नै कास्कीमा सवारी पास सम्बन्धी सेवा बन्द भएको सहायक सिडिओ तथा सूचना अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्पिरिषद तथा गृह मन्त्रालयबाट विभिन्न मितिमा भएका निर्देशन तथा परिपत्र बमोजिम जिल्ला भित्र तथा अन्तर जिल्ला सवारी सहजीकरणका लागि सवारी पास वितरण हुँदै आएकोमा संक्रमणको उच्च जोखिमलार्य मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका सवारी पास बन्द गरिएको,’ कास्की प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ ।