समाचार

“पूँजीवादको नैतिकता माथि समिक्षा”

By peoplesdailynepal

April 15, 2022

पुस्तकको परिचययो पुस्ताक दार्शनिक रोबर्ट नोजिकाका अनुसार “सहमत वयस्क वार्गबिचाका पुजीबादी कार्यहरु’’ मा आधारित नैतिक औचित्यको बारेमा लेखिएको छ । यो पुस्तक सहकारी उत्पादन र मुक्त विनिमय प्रणालीका कार्यहरुको बिशेष प्रबलाताका बारेमा पनि रहेको छ । यसले बिशेष गरेर पुँजिबाद भन्ने शब्द केवल वस्तु तथा सेवाहरुको आदानप्रदानका लागि बजारमा मात्र सान्दर्भिक नभई मानिसहरुको अघिल्लो पुस्ताका लागि अकल्पनीय रहेको र प्राचिन कालदेखि अस्तित्वमा रहेकोले यसले नबिनता, धान, सृस्ती र सामाजिक परिवर्तनका लागि अरबौ मानिसहरुमा सम्वृद्धि ल्याएको कुरा उल्लेख गरेको छ ।यसका साथै पुस्तकमा पँुजिबादले कानुनी, सामाजिक, आर्थिक, र सास्कृतिक प्रणालीलाई बुझाउछ जसले अधिकारको समानता र क्षमता लाइ फराकिलो पारी विकेन्द्रीकरण नबिन विचार र परिक्षणका प्रक्रियाहरुका माध्यमबाट हुने रचनात्मक बिनाश निम्त्याउछ भनिएको छ । पँुजिबादले मानव रचानात्मकतालाई मानवताको सेवामा उद्यमशीलत, आविस्कारको सम्मान र प्रोत्साहित गरेर राख्छ, यस कारणले हामी जिउने तरिका र उन्नाइसौ सताब्धि भन्दा अघिका हाम्रा पुर्खाहरुको पुस्तौपुस्ताको जिउने तरिका बिचको फरकको ब्याख्या गर्दछ भन्ने लेखकको मान्यता रहेको छ ।

पुस्तक कसका लागि ?टम जी. पाल्मरद्वारा सम्पादित यो पुस्तक नेपाली पाठकहरु माझ पस्किने काम पोखरा रिसर्च सेन्टरले गरेको छ जसमा अत्यन्तै सरल भाषाको प्रयोग गरिएको छ । यस पुस्तकको मुख्य उद्देश्य नेपाली पाठकहरु जसले पँुजिबाद बास्तबमै के हो भन्ने बुझ्न खोज्छन उनीहरुका निम्ति हो । यसले पँुजिवादका बिसयमा बुझ्नलाई मात्र नभई यसके बुझिसकेका हरुको बुझाइको दयारालाइ अझै फराकिलो बनौन मद्दत गर्ने उद्देश्य राख्छ । साथै यस पुस्तकले बिशेष गरेर बिद्यार्थीहरुलाई पँुजिबादप्रति बिरोध जनाउने अध्यापकहरु सँग तिखा प्रश्न गर्न सहयोग गर्छ ।बिद्यार्थीहरुका लागि मात्र नभई आर्थिक तथा राजनीतिक विचारहरूमा चासो राख्ने तथा पँुजिवाद सम्बन्धी तर्कलाई बुझ्न चाहने ब्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारणका लागि पनि पहँुचयोग्य छ ।

पुस्तकको संरचनापुस्तकको सुरुमा पूँजीवादको नैतिकताको परिचय दियिएको छ जसमा पँुजिवाद सास्कृतिक, आध्यात्मिक र नैतिक मूल्यहरुको एक प्रणालि भएको उल्लेख गरिएको छ । पुस्तकको पहिलो खण्डमा उद्यमशील पूँजीवादको गुण का बिसयमा ब्याख्या गरिएको छ जसमा लेखकले जोन मक्की नामका उद्यमी सँग गरेको अन्तर्वार्ता लाई राखिएको छ । जसमा ब्यापारमा आत्मरुचीको महत्व, ब्यबसायिक संसारमा नैतिक पूँजीवादको रक्षा आदिका बारेमा कुरा गरिएको छ । पहिलो खण्डमै स्वतन्त्रता र मर्यदाद्वारा आधुनिक संसारको ब्याख्या, प्रतिस्पर्ध र सहकारिता, नाफामुखी औसधि र करुणाको मनसाय जस्ता विभिन्न व्यक्ति द्वारा लिखित लेख हरुसमावेश छन् ।पुस्तकको दोस्रो खण्ड ’’ स्वेच्छिक अन्तरक्रिया र स्वार्थ’’ को सुरुमै नैतिकताको विरोधाभास नामक लेख छ जसमा चिनिया अर्थशास्त्री यवं विद्वान सामजिक उद्यमी माओ युसिले सामन्जस्य र सहकारिता स्थापना गर्नका लागि बजार एकता र सहयोगको भूमिकाबारे बताउछन । त्यसै गरि सोहि खण्डमा बजार आधारित समाजमा समानता र असमानताको नैतिक तर्क, एडम स्मिथ र लोभको मिथक, आयन रेण्ड र पँुजिवादः नैतिक क्रान्ति जस्ता बिषयसँग सम्बन्धित लेखहरु छन् ।“धनको उत्पादन र वितरण’’ नामको तेस्रो खण्डमा बजारमा आधारित अर्थब्यबस्था र धनको वितरण, राजनीतिक यवं आर्थिक स्वतन्त्रताको संयोजनले मानवताको चमत्कारितालाइ जन्म दिन्छ भन्ने जस्ता विषयमा कुरा गरिएको छ । पुस्तकको चौथो वा अन्तिम खण्ड ’’विश्वव्यापी पुजिकरण’’ को विषयमा छ जसमा विश्वव्यापी पँुजिवाद र न्याय, विशव्यपिकरणको माध्यमले मानवताको उन्नति, स्वतन्त्रताको संस्कृति आदिका विषयमा उल्लेख गरिएको छ ।