Slider News

उद्दारमा सक्रिय नेपाल स्काउट

By peoplesdailynepal

November 14, 2023

२८ कार्तिक, काठमाडौंबालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने उदेश्य लिएको नेपाल स्काउट जाजरकोट तथा रुकुममा गएको विनासकारी भूकम्प पश्चात तत्काल उद्दार कार्यमा सक्रिय सहभागी भएर फेरी पनि आफ्नो ऊदेश्यलाई सार्थक बनाएको छ । तत्काल सभव भएजती उद्दार सामाग्री लिएर भूकम्प गएको जाजरकोट पुगेको नेपाल स्काउट विपद व्यस्थापन तालीम प्रशिक्षक पवन कोईरालाको नेतृत्वमा गएको टोलीले उक्त भूकम्पको केन्द्रविन्दु जाजरकोटमा गएर उद्दार कार्य गरेको छ ।उदार कार्यका लागी नेपाल स्काउट संग उपलब्ध श्रोत साधन सहित विपद व्यवस्थापन तालीम प्राप्त २० जना स्काउट जाजरकोट पुगेका थिए ।  भूकम्पले घरमा पुरेको लत्ता कपडा, गरगहना, पैसा र दैनिक उपभोग्य वस्तु निकालेर सम्बन्धित निकायलाई दिएका छन् ।

उद्दार टोलीमा गण्डकी प्रदेश बाट महेन्द्र पौडेलको नेतृत्वमा ३ जना, बागमती बाट पवन कोईरालाको नेतृत्वमा ४ जना, कोशी प्रदेश बाट किरण बुढाथोकीको नेतृत्वमा ५ जना, लुम्बिनी प्रदेश बाट नवराज खरेलको नेतृत्वमा २ जना, मधेश प्रदेशबाट रोशन यादव, कर्णाली प्रदेश बाट ४ जना, सुदुरपश्चिम प्रदेश बाट २ जना सहभागी भएका थिए ।

स्काउट सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय तालिम लिएका र विपद् व्यवस्थापन सम्बन्धि पनि ज्ञान हासिल गरेका स्काउट टोली जाजरकोटका  ४० भन्दा बढी घरधुरीका भूकम्प प्रभावितहरुलाई उद्धार तथा राहत वितरणमा सहयोग गरेका हुन् । स्काउटका टोलीले उद्धार तथा खोज सम्बन्धी तालिम लिएका अनुभवको आधारमा पुरेका सामानहरु निकाली दिएका थिए । भूकम्पले भत्केका घरहरुबाट सुन, ६ थान मोवाईल, ७ बोरा चामल, २१ वटा ग्यास सिलिण्डर र लुगाफाटो झिकेर सम्बन्धित घरधनीलाई बुझाएका थिए ।

२–३ महिनासम्म सेवा शिवर सञ्चालन गरेर भूकम्प पीडितलाई राहत र पुनस्थापना गर्न नेपाल स्काउटले कुनै कसर नछाड्ने नेपाल स्काउटले बताएको छ । स्काउटले शिविर खडा गरेर भग्नावसेस हटाउने, अस्थायी वासस्थान निर्माण गर्ने र सक्दो जनतालाई आवश्यक दैनिक उपभोग्य वस्तु वितरण गर्दै आएको छ । भूकम्प, कोरोना कहर र अन्य प्राकृतिक प्रकोपमा अग्रपंक्तिमा रहेर स्काउटले सेना र प्रहरी सरह सेवा प्रदान गरिरहेको छ ।