बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ‘मिनी फेवाताल’ बन्दै छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बुटवलभित्र प्राकृतिक सिमसार क्षेत्र पनि छ भन्ने कतिपय बुटवलबासीलाई नै थाहा छैन । बुटवल उपमहानगरपालिकाले बुटवल वडा नंं. १६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘मिनी फेवा ताल’का रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।

साविकको सेमलार गाविस वडा नंं. ५ र ६ मा रहेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापूर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको हो । प्राकृतिकरुपमा बनेको कपरकट्टीताल करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter