साउन-२, पोखरा/ अविरल बर्षा संगै गण्डकी प्रदेशका बिभिन्न  जिल्लामा पहिरो गएको छ ! पहिरो गए संगै पर्वत र गोरखामा मानिसको ज्यान गएको छ ! पर्वत जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे हाे । पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  गुरुदत्त ढकालले १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जानकारी दिए ।

उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

त्यस्तै गोरखाको शहिद लखन गाउँपालिका–६ अधेरीमा पहिरोले घर पुरिएर ३ जनाको ज्यान गएको छ । अविरल वर्षापछि खसेको पहिरोले नवराज कुवँरको घर भत्कँदा उनको १० वर्षीया प्रविना कुवँर, भान्जी २० वर्षीया सरु कुवँर र सरुकी आठ महिने छोरा युनिक कुवँरको ज्यान गएको स्थानीयले बताएका छन् ।

अविरल वर्षाका कारण बुधवार बिहान करिव ६ः३० बजे पहिरो खसेर उनीहरुको बसेको कोठा पुरिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए । कोठा फुटाएर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएको उनले जानकारी दिए । नवराजकी भान्जी सरु पूजाको निम्तो मान्न मामाघर आएकी थिइन् ।

पहिरोमा परि अन्य दुइ जना सामान्य घाइते भएको र अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानीय श्रेष्ठले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी जाँदै गरेको डीएसपी महेन्द्र नेपालले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter