साउन-3, काठमाडौं / चेल्सी तथा इटलीका पूर्वस्ट्राइकर जियानफ्रान्को जोला सहायक प्रशिक्षकका रुपमा स्टामफोर्ड ब्रिज फर्किएका छन् । चेल्सीले जोलालाई नवनियुक्त प्रशिक्षक मोरिजियो सारीको सहायकमा नियुक्त गरेको हो । खेलाडीका रुपमा जोलाले चेल्सीलाई दुई एफए कप, एक युईएफए कप, एक सुपर कप र एक लिग कप जिताउन भूमिका खेलेका थिए ।

जोलाले अप्रिल २०१७ मा बर्मिङघम सिटीको प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनी चेल्सीको प्रि–सिजन टुर अष्ट्रेलियामा संलग्न भएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter