पोखरा- ०९, साउन / पोखराबाट आइतबार देखि बेपत्ता पोखराको स्टेप बाइ स्टेप बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालक अन्जान पराजुली ३ दिनपछि भैरहवा बसपार्कमा भेटिएका छन् । मंगलबार साँझ करिब ८ बजे सकुशल भेटिएको उनका बाबु टीकाराम पराजुलीले बताए । उनि साथीको जन्मदिन मनाउन जान्छु भनेर हिँडेका थिए । पराजुली बेपत्ता भएपछि उनका आफ्न्त, प्रहरी र सामाजीक सञ्जालबाट खोजी भएको थियो ।

पराजुली जिरो किमिबाट हराइरहेकोमा हिजो साँझ ८ बजे भैरहवा बसपार्कबाट भेटिएको बाबु जानकारी दिए । उनी अहिले उनकै बाबुसँग सकुशल छन् । उनी अर्को एक साथी सगँ भारत जान हिडेका थिए ।

उनले भैरहवा बसपार्कबाट पोखरामा आमालाई फोन हाने पछि उनको खोजीमा गएका बाबुहरु लिन गएका थिए । उनले आमालाई म सकुसल छु घर आउन लागेको छु खोजी गर्नु पर्दैन भनेर भनेका थिए । त्यस पछि बाबुहरु लिन गएको उनका बाबुले बताए । उनका एक जना साथी सगँ भारत जान भैरहवा गएको उनको भनाई छ ।

साथी पहिले पहिले पनि भारत जाने गरेको र सोही साथीले लिएर जानका लागेको उनको आफ्न्तको भनाई छ । अर्को साथी पढ्न छाडेर भारत आउने जाने काम गर्दै आएको बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter