चितवन,साउन १४- भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका ६३ वर्षीय बमबहादुर बलको माछा मार्ने क्रमम डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर उनको मृत्यु भएको हो। आइतबार साँझ माछा मार्ने क्रममा नदीको भंगालोमा खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter