सय भन्दा धेरै महिलालाई बलात्कार गरेर उनीहरुको भिडियो बनाएर व्याकलेमल गरेको आरोप लागेका बाबा अमरपुरी विरुद्ध अर्की एक युवतीले पनि उजुरी दिएकी छिन् । आफ्नो बलात्कारको भिडियो भाइरल भएपछि ती पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । उनका अनुसार दुई वर्ष पहिला बिरामी अवस्थामा बाबा अमरपुरीले उनको बलात्कार गरेका थिए । हरियाणाको टोहना क्षेत्रमा धर्मको पसल चलाएका यी बाबालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई वर्ष पहिला जब ति किशोरी बिरामी भइन त्यसबेला उनका बुबा आमाले उनलाई ती बाबासँग उपचार गराउन लगेका थिए । त्यस सयम उनका दुई भाइ पनि सँगै गएका थिए । बाबाले परिवारका सबै सदस्यलाई औषधि दिने बाहनामा कोठाबाट बाहिर निकाले र पीडितको चियामा नशायुक्त पदार्थ मिसाएर दिए ।

त्यसपछि उसले आफ्को कक्षमा लगेर पहिला पेस्तोल देखाएर धम्की दिए त्यसपछि बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । उनीमाथि नकारात्मक प्रभाव रहेको र केही सयम आश्रममा राखेर उपचार गराउनु पर्ने भन्दै बाबाले उनका परिवारलाई पठाएका थिए । यो घटनाको एक हप्तापछि पीडित तथा उसका परिवारलाई बाबाले डेरामा बोलाएका थिए । त्यसअघि कसैलाई भने भिडियो भाइरल बनाइदिने चेतावनी किशोरीलाई दिएका थिए ।

पीडितका आमा बुवाको होस त्यसबेला खुल्यो जतिबेला छोरी बलात्कृत भएको भिडियो भाइरल भएको थियो । प्रहरीले उनीसहित अन्य तीन जना पीडितको आरोपलाई दर्ता गरेको छ । बाबामाथि १२० अश्लील भिडियो बनाएको आरोप छ । उसले विगत २० वर्षधेखि धर्म कर्म, जादू टुनाको आडमा बलात्कार गर्दै आएको रहस्य खुलेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter