साउन १६ – एक कार्यक्रममा वितरण गरिएको खाजा सेटमा समोसाभित्र भ्यागुतो भेटिएको छ । गौशालाको एक पसलबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो। म‌ंगलबार महोत्तरीको गौशाल बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याइएको समोसामा भ्यागुतो भेटिएको हो ।

समोसामा मरेको भ्यागुतो देखेपछि खाजा खान लागेकाहरू घिन मानेर खाजा नै छाडेका थिए । प्याकेटभित्र राखिएको खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

प्रहरीले पसलका संचालक ३० वर्षीय धवेन्द्र साहलाई मंगलबार बेलुका नै पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो। पसलका सञ्चालक साहले घटना दुर्घटनावस भएको भन्दै माफी मागेका छन् । ‘समोसामा भ्यागुतो कसरी पर्‍यो मलाई थाहा भएन,’ उनले भने, ‘म पसलमा काम गर्ने कामदारसँग सोधखोज गरिरहेको छु। गल्ती भएको छ। सबैसँग माफी माग्छु। पसलमा सुधार गर्छौँ।’
recentnepal.com मा खबर छ 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter