पोखरा, २२- साउन / नेपाल प्यराग्लाइडिङ पाइलट क्बलले इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने १८ औ एशियाली खेलकुदमा प्यराग्लाइडिङ खेलमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सोमबार पोखरामा विदाइ गरेको छ ।

खेलाडी तथा प्रशिक्षकलाई नेपाल प्यराग्लाइडिङ पाइल क्बलले पोखरामा विदाइ तथा शुभकामना दिएको हो । एशियाली खेलमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट ८ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक जादैछन् ।

नेपाल प्यराग्लाइडिङ पाइल क्लबका अध्यक्ष कृष्ण अधिकारीले खेलाडीको विदाइ कार्यक्रममा पहिलो पटक परको प्यराग्लाइडिङ खेलबाट पदक ल्याउनेमा आफुहरु आशाबादी रहेको बताए । उनले पोखरालाई प्याराइलाइडिङ खेलको राजधानीको रुपमा बिकास गर्न एशियाली खेलमा सहभागिताले थप बल पुग्ने भनाई थियो ।

प्रशिक्षक तथा नेपाल प्याराग्लाइडिङ खेलकुद संघ (ना) का अध्यक्ष योगेश भट्टराईले नेपाल, चाइना विभिन्न देशका गरेको प्रर्दशन कै आधारबाट खेलाडीले उत्कृष्ट खेल खेल्दै पदक जित्ने बताए । नेपाली टिमका टिम क्याप्टने विमान अधिकारीले विभिन्न देशमा भएका प्रतियोगितमा उत्कृष्ट प्रर्दशन गर्दै आएको बताउदै प्रतियोगितामा स्तरीय खेल खेल्दै पदक जित्ने दाबी गरे ।

प्रतियोगितमा भाग लिन जाने खेलाडीमा विमल अधिकारी, सुषिल गुरुङ, युकेस गुरुङ, विशाल थापा, विनय गौतम, तृषा श्रेष्ठ, प्रतिभा बोगटी छन् । उनीहरुले एशियाली खेलमा तीन मेडलका लागि प्रतिष्पर्धा गर्ने छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter