साउन, २२- काठमाडौं/  गएराति पहिरो खसेपछि हेटौंडा–काठमाडौं छोटो सडक अवरुद्ध भएको छ । हेटौंडाबाट सिस्नेरी हुँदै दक्षिणकाली सडक र फाखेल हुमानेभन्ज्याङ हुँदै काठमाडौं जाने दुवै सडकमा पहिरोले अवरोध भएपछि हेटौंडा–काठमाडौंको छोटो मार्गमा सवारी आवतजावतमा समस्या भएको हो ।

एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाडौं सडक पनि अवरुद्ध भएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter