साउन २८- धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने हत्या गर्ने धम्की दिएर बस्नेतले जबर्जस्ती गर्दै आएको किशोरीको भनाइ छ । बस्नेतले गएको फागुन २५ गते पहिलोपटक किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । त्यसपछि हल्ला गरे परिवारै सिध्याइदिने धम्की दिँदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ । आफूमाथि बस्नेतले डरधम्की देखाउँदै निरन्तर करणी गर्न थालेपछि किशोरीले अभिभावकलाई आफ्नो पीडा सुनाएकी हुन् ।

३० लाख र दुई कट्ठा जग्गा लिएर मिल्न दबाब
बस्नेतका साहिँला भाइ शमशेर बस्नेत (दीपक) लगायतले पीडित परिवारलाई मोटो रकमको प्रलोभन दिँदै मिलापत्र गर्न दबाब दिँदै आएका पीडित किशोरीका बुबाले बताए । ‘३० लाख रुपैयाँ र दुई कट्ठा जग्गा दिन्छौँ, कतै निवेदन नदिनू । छोरीकै बदनाम हुन्छ भन्दै धम्क्याउने काम गरिरहेका छन्,’ किशोरीका बुबाले भने । उनले दोषी बस्नेतलाई कानुनी कारबाहीबाट आफूहरू पछि नहट्ने बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter