काठमाडौं, साउन २८ – दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित काठमाडौंबाट ५ जनालाई पक्राउपरेका छन । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नेपालटारबाट पक्रउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङ्ग याङवाराङ १ का २७ वर्षीय आशिक राई, काठमाडौं जरंखु बस्ने ओखलढुङ्गा मलुङ्ग ८ का ३१ वर्षीय सन्तोष राई, काठमाडौं कपन बस्ने ओखलढुङ्गा खोलुङ्ग गाउँपालिका १ का २३ वर्षीय रमेश पौडेल, काठमाडौं जोरपाटी बस्ने खोटाङ केबिलाश गढी ४ का २१ वर्षीय मिलन गुरुङ र पाँचथर हिलेयाङ्ग४ का ३८ वर्षीय जनककुमार चाम्लिङ्ग रहेका छन्। उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।