दोलखा – भीमेश्वर नगरपालिका–७, साखिनेका सचिन कार्की १० दिनअघि आमाको नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिर्न वडा कार्यालय पुगे। सचिनले आर्थिक वर्ष ०७४/७५ मा आमा देवकुमारीको नाममा रहेको ५ कित्ता जग्गाको करबापत एक सय ५० रुपैयाँ स्थानीय सरकारलाई बुझाएका थिए । उनले २०७४ भदौ ११ गते आव ०७४/७५ को कर बुझाएका थिए । तर साउन १६ गते आव ०७५/७६ को कर बुझाउन वडा कार्यालय पुगेका उनी कर्मचारीले निकालेको हिसाब सुन्दा छाँगाबाट खसे झै भए।

अघिल्लो साल एक सय ५० रुपैयाँ तिरेकाले यसपालि बढीमा पाँच सय पुग्यो होला भनेर त्यति नै रुपैयाँ बोकेर वडा कार्यालय गएको थिएँ,’ सचिनले भने, ‘अहिले कर त बढेर ३८ सय ५० रुपैयाँ पुगेको हिसाब पो कर्मचारीले सुनाए । हिसाब सुन्दा म त झस्किएँ ।’ देवकुमारीसँग अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्ष नगरपालिका कार्यालयले लिएको करको अन्तर हेर्दा यसपटक २५.६६ गुणाले बढेको देखिन्छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter