भदाै-१, काठमाडाैँ । अाजदेखि खुल्ने प्रचार गरिएको भएपनि कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि अण्डरपास खोल्ने तयारी गरेपनि केही काम बाँकी रहेको भन्दै आज नखोल्ने निर्णय भएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी रहेको आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले बताए । ती काम छिट्टै सकेर सर्वसाधारणको लागि अण्डरपास खुलाउने आयोजनाको तयारी छ । ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो ।

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter