भाद्र-१, पोखरा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बिभिन्न प्रदेश हरुका केहि जिल्लामा सर्वसम्मत अध्यक्ष पनि चुनिईसकेका छन् । यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरा रहेको कास्की जिल्लामा पनि शक्तिशालि पार्टीको शक्तिशालि अध्यक्षको टुङ्गो करिब अन्तिम तर्फ आएको छ ।
जिल्ला कमिटी एकीकरण गर्न तत्कालिन एमालेका तर्फ बाट तत्कालिन एमाले जिल्ला सचिव दामोदर पौडेल ‘बैरागी’ सिफारिसमा परेका छन् । गठित कार्यदलको आज सम्पन्न बैठकले पूर्णकालिन राजनीति गरेका बैरागीलाई सर्वसम्मत सिफारिस गरेको स्रोतले बतायो ।
जिल्लामा रहेका नेतामध्ये कुनै सरकारी लाभमा नगएकामध्ये सबैभन्दा माथिल्लो तहका नेतालाई अध्यक्ष बनाउने कार्यविधि र त्यसमा पनि त्याग र क्षमताका आधारमा नेकपा कास्कीको नेतृत्व लिन सक्ने योग्य भएकाले नै बैरागी सिफारिसमा परेको नेकपाका एक कार्यकर्ताले बताए । कार्यदलले नाम सिफारिस गरे संगै प्रदेश र केन्द्रले टुङ्गो लगाउने उनले बताए ।
आफ्नो जीवनभर राजनीतिमा लागेका बैरागी भुमिगत जीवनमा लामो संघर्स गरेका नेता मानिन्छन् । तत्कालिन एमालेका जिल्ला सचिव बैरागी संगठन निर्माण र प्रशिक्षणमा अब्बल मानिन्छन् ।