नुवाकोट, ३ भदौ । पासाङल्हामु राजमार्गको नुवाकोटमा रहेको गेर्खुको पुललाई गेर्खु खोलाले भात्काएर सडक कटान गरेपछि नुवाकोट र रसुवाको यातायात ठप्प भएका छन् ।
त्रिशूली–बेत्रावती खण्डको यो पुललाई आज बिहान खोलामा आएको बाढीले कटान गरेको हो ।विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको छ ।
सडक नै कटान भएकाले निर्माणका लागि योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जानकारी दिएको छ ।