Bachelor in Development Finance (BDFin)  :यो वित्तिय तथा ब्यापार,आर्थिक विकाश र स्वउद्यम विकाशका लागि तयार गरिएको शैक्षिक कार्यक्रम हो । यसबाट निस्कने स्नातकहरु बैंक, इन्सुरेन्स, लघुवित्तको अपरेटिभ, जलविद्युत, पूर्वाधार तथा विकाश संस्थामा कार्य गर्ने ज्ञान तथा सीप हासिल गरेका हुन्छन् ।

Bachelor of Social Sciences (BoSS) :  यो सामाजिक विज्ञान, समाज र सामाजिक परिर्वतनका गतिशिलताको विषयबस्तुमा आधारित कार्यक्रम हो । यस कार्यक्रमबाट निस्कने स्नातकहरु राज्यको नीतिनिर्माण तथा सुशासन सम्बन्धीकार्यहरु, सामाजिक संस्थाहरु अनुसन्धान संस्थाहरु र संचारगृह एवम् राजनीतिक मूलधारमा कार्य गर्ने शिप हासिल गर्दछन् ।

Bachelor in Development Studies (BDevS):  यो आर्थिक, सामाजिक तथा वातावरणीय दिगो विकाशमा आधारित कार्यक्रम हो । यसबाट निस्कने स्नातकहरु विकाशसंग सम्बन्धित विकास आयोजना आर्थिक तथा सामाजिक अनुसन्धान, नीतिनिर्माणमा कामगर्ने सरकारी, गैह्र सरकारी तथानीजि संस्थाहरुमा कामगर्ने ज्ञान तथा शिप हासिल गरेका हुन्छन् ।

Bachelor in Buddhist Studies with Himalayan Language:

दश वर्षदेखि काठमाण्डौं विश्वविद्यालयको बुदिष्ट सेन्टरमा अध्यापन गराईदै आएको यस कार्यक्रममा बौद्ध दर्शन, पालीतथा हिमाली भाषा, हिमाली संस्कृतिको अध्ययन गराईन्छ ।

Bachelor of Mountaineering Studies:

अघिल्लो वर्षदेखि संस्कृति, पर्यटन तथा नागरीक उडढ्यन मन्त्रालयले संचालनमा ल्याएको यस विषयले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदानदिने विश्वास गरिएको छ । ४ वर्षे कार्यक्रम ८ सेमेष्ट्ररमा पढाई हुन्छ ।

Tea Technology and Management:

सन् २०११ देखि त्रिभुवन विश्वविद्यालयले संचालनमा ल्याएको यस कार्यक्रमले चिया प्रशोधन र व्यवस्थापनमा कामगर्न सक्ने दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Ayurvedic Medicine and Surgery:

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले संचालन गर्ने यस कार्यक्रममा विज्ञान विषयमा १० जोड २ पास गरेका विद्यार्थीले भर्ना लिन सक्छन् । प्राकृतिक एवम् आयुर्वेद चिकित्साको विश्वव्यापी महत्व बढेका बेला, यसबाट निस्कने जनशक्तिहरु महत्वपूर्ण हुन्छन् ।

Music/Ethno musicology:

काठमाण्डौं विश्वविद्यालयले संचालन गरेको यस कार्यक्रमले संगीत अध्ययनका साथै, लोक बाजाहरुको अध्ययन, अनुसन्धान र जर्गेना गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter