पोखरा, ४ भदौ /पोखरामा चोरीका घटनाहरु बढ्दै गएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३० बागमारा मेघ बहादुर रानामगरको घरबाट चारी भएको छ । घरमा कोही नभएको बेलामा ताला फोरी मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो ।

सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानल गेटको ताला फोरी कोठाको दराजमा रहेको नगद ३ हजार अंन्दाजी ६ तोला बराबरको सुनका गरगहना चोरी भएको छ । दुबै घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter