बर्दिया – उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रमममा पक्राउ परेका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । बुधबार राती हिरासतमा हात९खुट्टा नचल्नेपछि जानकी गाउँपालिका ६ गनापुर कपासी बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती बाटोमै मृत्यु भएको हो ।

भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलार्इ कालो झण्डा देखाउदा पक्राउ गरिएको थियो । सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो । ३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् । यादवको बुवाको मृत्यु भइसकेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter