भदाै, काठमाडाैँ । उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ । विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि डा त्रिरत्न मानन्धरको संयोजकत्वको गठित सात सदस्यीय सुझाव समितिले दिएको प्रतिवेदनले केन्द्रीय विश्वविद्यालयले आङ्गीक क्याम्पस मात्र र प्रदेश विश्वविद्यालयबाट आङ्गीक र प्रदेश दुवै क्याम्पस सञ्चालन गराउन सिफारिश गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगले गठन गरेको सो समितिले गत महिना बुझाएको प्रतिवेदनले प्रदेश विश्वविद्यालयका रुपमा वर्गीकृत वा नयाँ खुल्ने प्रदेश विश्वविद्यालयले मात्र सम्बन्धन दिन पाउने व्यवस्था गरेको छ । हाल त्रिविअन्तर्गत ६० आङ्गीक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पस छन् । पाँच वर्षभित्र त्रिविले सम्बन्धन प्राप्त क्याम्पसबारे व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
दैनिकी डट कममा खबर छ !

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter