काठमाडौँ, १९ भदौ । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गृहमन्त्री रामबहादुर थापा बादललाई बिद्रोह गर्न सुझाव दिएका छन् । किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा अ‍ोलीविरुद्ध विद्रोह गर्न उक्साएका हुन् ।

नेता किराँतीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् ।

‘उहाँ (गृहमन्त्री बादल)लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अब उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ’, किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’

पछिल्लो पटक केही छापाहरुमा गृहमन्त्री बादलको काम कारवाही लोकतन्त्र विरोधी भएको भन्दै समाचारहरु प्रकाशमा आएकै बेला किरातीले विद्रोहका लागि सुझाव दिएका हुन् ।

तत्कालीन माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेका किराँतीले ती दुई पार्टीको एकतापछि आफ्नो नेतृत्वमा माओवादी केन्द्रको पुनगर्ठन अभियान चलाएका थिए । अहिले उनको पार्टी संगठन निर्माणको चरणमा छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter