म सग जती पनि बिदेशी भेट हुन्छन, तिनिहरु सग कुराकानी हुन्छ अन्तमा मैले सबैलाई एउटै कुरा भन्ने गर्छु मेरो देश नेपाल अती सुन्दर छ, जिन्दगीमा एक पटक नेपाल घुमियन भने जिन्दगी मा जती भ्रमण गरे पनि अपुरो छ ।  म नेपालको बिबिध पक्ष को बारेमा बर्णन गर्छु र अन्तमा भन्ने गर्छु नेपाल मानब निर्मित नभई प्रक्रिती ले बनायको स्वर्ग हो, एक पटक भ्रमण गर्‍यो भने आँफै महसुस हुन्छु । न कुनै मेसिनरी हल्लाखल्ला, न भागदौड अती शान्त अनी सरल जिबनशैली नेपालको बिषेसता हो । म कयौ फोटो अनी भिडियो देखायर उनिहरुलाई बिस्वास दिलाउने कोशीस गर्छु ।

मेरो एक जना सुपरभाइजर छ जो श्रिलङ्का भ्रमण मा जान चाहन्छ ।  उसको मनमा श्रीलङ्का प्रती राम्रो छाप परेको रहेछ,मैले उसलाई कयौ पटक कुरा गरे पछी अर्को पटक को ट्रिप मा उसले नेपाल लाई प्राथमिकतामा राखेको छ । उ सेनामा हुँदा एयर्फोर्स को सदस्य रहेछ अनी उसको सोख प्याराग्लाइडिङ । मैले उसलाई पोखरा यहाँको प्याराग्लाइडिङ अनी फेवताल को सयौ फोटो भिडियो देखाय पछी उ मन्जुर भयको हो । त्यस्तै सयौ भारतिय, पाकिस्तानी, बङ्गलादेशी, थाइल्यान्डी, भियतनामी लगायत धेरै युरोपियन मुलुकका मानिसलाइ मैले पोखरा अनी फेवाताल  को फोटो देखायर मेरो जन्म स्थल भन्दै नेपाल भ्रमण गर्न प्रेरित गर्ने गर्छु ।उनिहरु धेरै को मनमा परेको छ जिन्दगीमा समय मिलेछ भने एकपटक नेपाल अनी पोखरा घुम्न जानु पर्छ ।

हिजो साझ म फ्रेस हुन भन्दै फेवाताल को किनार मा जाने निर्णय गरेर लेकसाइड  तिर हानिय । मेरो पहिलो रोजाइ हुने गर्छ पामे जाने बाटोमा पर्ने रातो डाडा । त्यो ठाउँ मलाई फेवाताल  वारीपट्टी को सबैभन्दा मनपर्ने लोकेसन हो ।  यो भन्दा अगाडि धेरै पटक म त्यहा गयर घन्टौ बितायको छु त्यहा पुगेर बस्दा, अगाडिको दृस्य नियाल्दा समय बितेको पत्तै हुँदैन । हिजो म त्यहा त पुगे तर परिस्थिती भिन्न लाग्यो ।  त्यो सुन्दर लाग्ने फेवाताल अती कुरुप भयछ, यती कुरुप कि मलाई त्यो मेरो फेवाताल लागेन केबल एउटा फोहोर पोखरी मात्र लाग्यो । जता हेर्यो जलकुम्भी, जता सुकै अतिक्रमण, अनी लेदो र गेग्रानले पुरिसकेछ ।  गहिराइ पनि लगभग समाप्त भैसकेको, जता सुकै जलकुम्भी अनी मानिस हरुको अतिक्रमणले त्यो सुन्दर फेवाताल लाई निलिसकेछ । म भाबबिहोल बने, सार्है नरमाइलो लागेर मन अमिलो भयो । अनी एक जना बेलायत बाट आयका अंकल लाई त्यो दुर्दशा को बारेमा मेसेज लेखे ।  उहा सग केही बेर फेवाताल को बारेमा चिन्तन मनन भयो ।

म बिदेसको जुन शहर मा बस्छु त्यहा यस्ता कयौ ताल तलैया हरु रहेका छन जसको उच्च संरक्षण अनी जतन गरिन्छ ।  हरेक बिहान नगरपालिकाले भ्याकुम क्लिनर लगायर सडक र गल्ली सफा गर्ने ब्यबस्था मिलायको छ ।  कयौ मानब निर्मित पार्क, बगैचा अनी पानीका फोहोरा छन जसले लाखौं पर्यटक भित्राउन सहयोग गर्छ । बिकसित  देसहरु खरबौ रकम खर्चेर कृत्रिम ताल, खोला ,पहाड बगैचा निर्माण  गर्छन, त्यस लाई अती सफा र दुरुस्त राख्छन अनी लाखौं पर्यटक भित्राउछन र ठुलो रकम आम्दानी गर्छन ।बिकसित मुलुक हरु भौतिक सम्रचना र प्रबिधी ले मात्र धनी भयका होइन रहेछन उनिहरुको सोच नै बिकसित छ, सबै नागरिक आफ्नो ठाउ बाट जिम्मेवार छन अनी सरकार र शासक पनि सबै प्रती उत्तरदायी भयकोले तिब्र बिकास सम्भब भयको रहेछ ।

जहाज मा सगै भेटिने आमेरिकन अनी युरोपियन हरु जब नक्सा हेरेर थाहा पाउछन कि अब जहाज नेपाली आकाश माथी  उढ्दैछ निकै उत्सुकताका साथ का आँखा हरु अग्ला हिमाल पहाड अनी सुन्दर प्रक्रिती नियाल्न सुरु गर्छन र अती खुशी हुन्छन तर थाहा छैन एयरपोर्ट मा ल्यान्डिङ भयर बाहिर निस्केपछी कस्तो महसुस गर्छन । चाक्ला फराकिला सडक, अग्ला र सुबिधासम्पन्न महल, ठुला तारे होटेल तिनकै मुलुकमा  जती छन ।  पर्यटक के हेर्नको लागी नेपाल आउने हुन अनी पोखरा किन आउने हुन त्यस मा सबै सरोकारवाला स्पस्ट हुनु जरुरी छ । एक जना आमेरिकन वा युरोपियन पोखरा किन आउने, पोखरामा हेर्न लायक, घुम्नै पर्ने ठाउ के के छन त्यस को निर्क्योल गर्ने निकाय  कुन हो ?

म फेवातल को छेउमा उभियर टोलाउदै गर्दा खेरी म बस्ने देशकै १ जोडी त्यही भेटिय ।बिदेसमा भयका लाई नेपाल यस्तो र उस्तो भनेर बयान गर्ने म उनिहरुका अगाडी नतमस्तक भय किनभने हकिकत आफ्नै आँखा अगाडि प्रस्ट रुपमा देखिन्थ्यो ।  उनिहरुले के सोच्दै होलान मलाई त्यता तर्फ अफसोच लाग्दै थियो र चिन्ता पनि । भोली तिनिहरु फर्केर आफ्नो देशमा  नेपाल को बारेमा  के सन्देश लियर जालान मलाई छटपटी महसुस भयो । सबै बिदेशी पर्यटक को आर्थिक हैसियत र सोख समान हुँदैन ।  फेवाताल पोखराको मुटु,प्रमुख आकर्षण र सबै भन्दा सहज सस्तो अनी लामो समय बिताउन सकिने ठाउँ पनि हो । समुन्द्र भयको देस बाट आयका पर्यटक  लाई पनि पोखराको सबालमा फेवाताल आकर्षण को गन्तब बन्न सक्छ, मन भुलाउने अनी मनोरन्जन को एउटा साधन बन्न सक्छ । हिमाल आँफैमा अटल छ जसमा न लगानी न संरक्षण  गर्नु जरुरी छ, अन्य पहाड खोला नाला फोहोर नगरे मात्रै पुग्छ तर फेवाताल संरक्षण अती आवस्यक भयको छ यती बेला ।

फेवाताल कै वारिपरी जन्मियर हुर्केको भयर हो की मलाई फेवाताल को चिन्ता र चासो लाग्छ ।  हामीले खर्च गरेर आफ्नो मेहनत ले केही बनाउन नसकिरहेको अवस्थामा प्रक्रिती ले निशुल्क दियका एस्ता सम्पदा जोगाउनु अती आवश्यक छ । संसार भर का मानिस यही फेवाताल हेर्न लाखौं खर्चेर पोखरा  सम्म आउछन ।  फेवाताल कै कारण सयौ होटेल, रेस्टुरेन्ट खुलेका छन, डुङ्गा ब्यवसाय देखी लियर ठुला साना अनेक प्रकारका ब्यापार फस्टायका छन, प्रतक्ष्य अप्रतक्ष्य हजारौ ले रोजगारी पायका छन । अहिले फेवाताल वरपर र यसको जलाधार क्षेत्र मा जंगल फडानी, योजना बिहिन र बाताबरणिय प्रभाब नहेरी खनियका कच्चा सडक, ताल को क्षेत्र अतिक्रमण   गरेर बनाइयका भौतिक संरचना, बर्षेनी ताल मा हर्पन खोलाले थोपर्ने हिलो अनी नियन्त्रण बाहिर रहेको जलकुम्भी झार ले फेवाताल कुरुप बनाउनु का साथै फेवाताल को अस्तित्व नै धराप मा पर्ने त होइन भन्ने चिन्ता बढ्न  थालेको छ ।  फेवाताल बिनाको पोखरा कल्पना सम्म गर्न सकिदैन । बिदेशी मुलुक हुँदै नभयको ठाउ मा कृत्रिम ताल, खोला अनी पहाड बनायर पर्यटक तान्न सक्छन भने हामी भइराखेको ताल को संरक्षण गर्न कहाँ चुकी राखेका छौ अब समिक्षा गर्न आवस्यक छ । अब त जनता द्वारा निर्बाचित जनप्रतिनिधी छन, प्रदेस सभा पनि गठन भैसकेको अवस्थामा  अब यि अनी यस्ता काम मा कुनै बहाना वा भाषणबाजी मा मात्र  सिमित नरही सिधा नतिजा देखिने योजना तर्फ द्रुत गतिमा अगाडी बढ्नु आवस्यक छ । अब सरकार वा नगरपालिका को मात्र मुख ताक्नु भन्दा पनि सबै सरोकारवाला आ आफ्नो ठाउ बाट सके सम्म फेवाताल लाई बिगार्ने काम नगर्ने र संरक्षण को लागी के कती योगदान  गर्न सकिन्छ खुल्ला हृदय का साथ सबै एकजुट भयर अगाडी  बढ्न अब ढिला  गर्न नहूने समय आयको छ ।  -जनक बराल

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter