गुल्मी, भदौ २०- ट्रयाक्टर दुर्घटनामा बुधबार बिहानै एकजनाको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघा रायढुङ्गामा आज बिहानै ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।इस्मा गाउँपालिका छल्दीबाट बालुवा लिएर तम्घासतर्फ आउँदै गरेको तु ४ त १०९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रकोट गाँउपालिका ४ का अन्दाजी २३ वर्षीय ट्रयाक्टर चालक सञ्जय विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार सहचालक सोही ठाउँका १७ वर्षीय अशोक सुनार घाइते भएको र उनको जिल्ला अस्पताल गुल्मीमा उपाचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले नियन्त्रण गुमाएर सडकबाट अन्दाजी २ सय मीटर तल खसेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter