भदाै, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter