भदौ, काभ्रे । पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या चार सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

गाउँभरिका करिब ५/७ सय कार्यक्रममा सहभागी थिए । तर, दर खाएका सबैको पेट दुख्ने, वाकवाक हुने, पखला हुने, टाउको दुख्ने समस्या देखिएको छ । ‘मेरो घरको तीन जना विरामी भएपछि अरुलाई पनि केही भयो कि भनेर सहकारीका अध्यक्ष भैरव सेडाईलाई फोन गरेँ । उहाँको हविगत पनि उहि रहेछ’ प्रदेश सांसद भुर्तेलले भनिन् ।

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।बिरामीमध्ये धुलिखेल अस्पतालमा ८६ को उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. अनमोल श्रेष्ठले जानकारी दिए । ५६ जनाको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताए ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको छ । बाँकी उपचार गरी घर फर्किसकेका छन् । विरामी हुनेमा बढी बालबालिका र महिला छन् । बिरामी भएकाहरूको सफ््या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter