सुर्खेत – जिल्लाको गुर्भाकोट नगरपालिका–१४ जुगेपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय प्रेमबहादुर कामीको एकतले फुसले छाएको घरमा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोठमा रहेका २ गाई, १ गोरु र एक कुकुर समेतको मृत्यु भएको र कामीकी पत्नी ४८ वर्षीय खगिसरा पुनको घाइते भई मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । प्रहरी टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter