काठमाडौं, असोज १/ प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई कुनै पनि हालतमा नछाड्ने बताउनु भएको छ । निर्मलाका बाबुआमासग आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाले दोषी जो कोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने प्रतिबद्धता जनाउनु भएको हो ।

करिव एक घण्टा चलेको वार्तालापमा प्रधानमन्त्री ओलीले निक्कै चासोपूर्वक घटना र परिवारका सदस्यले राखेका कुरा सुन्नु भएको थियो । निर्मलाका बाबुआमाले भेटमा छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बाबुआमाको कुरा सुनेपछि निक्कै भावुक देखिएका प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको आश्वासन समेत दिनुभयो ।

दोषी पत्ता लगाउन कै लागि प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनि बताउनु भएको छ । निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा त्यो क्षेत्रका नेताहरु पनि गएका थिए । छोरीको न्यायका लागि काठमाडौँ आएका निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले सोमबार बिहान बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । भेटमा खानेपानी मन्त्री विना मगर, नेकपाका नेता भिम रावलको पनि उपस्थिति रहेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter