कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । केहिबेरमा राष्ट्रिय परीक्षा बोर्डले नतिजासम्बन्धि सबै काम पूरा गरी बोर्ड बैठक बस्दै छ । बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो ।

मौका परीक्षामा सहभागी हुन पाउने विद्यार्थी एक लाख १५ हजार रहेको छ । कम्तिमा सबै विषयमा डि प्लस नल्याउने विद्यार्थी अध्ययन गर्न नपाउने विश्वविद्यालयले मापदण्ड बनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter