काठमाडौं, असोज । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले दशैंलाई ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रसाद निरौलाले गत सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए ।

गत दशैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब केहि दिनभित्र हुने छलफललले सटही सुरु हुने प्रक्रिया टुंगो लगाउने छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter