काठमाडौं, असोज ५/ कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या साउन १० गते नै साँझ करिव ५ बजेतिर भएको रहस्य खुलेको छ । हत्या भएको भोलीपल्ट अर्थात साउन ११ गते विहान मात्र उनको शव उखुबारीमा भेटिएको थियो । ११ गते नै गरिएको पोष्टमार्टमको रिपोर्ट अनुसार उनको हत्या २४ देखि २६ घण्टा अगाडीको विचमा भएको देखिएको हो ।

निर्मलाको पोष्टमार्टम ११ गते साँझ ५ बजे गरिएको थियो । साथै उनको हत्या ‘घाँटी अठ्याएर’ गरेको भन्ने रिपोर्टमा उल्लेख गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । रिपोर्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिएको छ भने शरीरका अन्य भागमा चोटपटक छैन । तर, बाया आँखामा भने नीलडाम देखिएको छ । पोस्टमार्टम गर्दा योनिबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले रिपोर्टमा उल्लेख गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सबैसग अहिले सोधपुछ तथा डिएनए परिक्षणको कार्य अगाडी बढाईरहेको छ ।

उच्च स्रोतका अनुसार घटनास्थलबाट करिव ३ किलोमिटर टाढा रहेको सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रूपमा अनुसन्धान केन्द्रित गरेको छ । तर, कसैलाई पनि बयानका लागि वा थप अनुसन्धानका लागि पत्र नकाटिएको बताइएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter